कर्तव्य ज्यान मुद्दामा १७ वर्षदेखि फरार रहेका उदयपुरको बेलका नगरपालिका–६ का ४० वर्षीय गोविन्द मगरलाई साउदी अरेबियामा पक्राउ गरी स्वदेश ल्याइएको छ ।
इन्टरपोलद्वारा ‘रेड नोटिस’ जारी भएका फरार मगरलाई साउदी अरेबियामा पक्राउ गरिएपछि प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाको समन्वयमा परिचालन भएको प्रहरी टोलीले बुधबार नेपाल ल्याएको हो । प्रतिवादी मगरले २०६१ मङ्सिर १३ गते मानबहादुर तामाङको हत्या गरेको मुद्दामा जिल्ला अदालत उदयपुरबाट पक्राउ अनुमतिप्राप्त भई इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाको अनुरोधमा प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाले इन्टरपोल महासचिवालयसँगको सहयोगमा खोजतलास गरेको थियो ।
प्रतिवादी मगरलाई आवश्यक कानुनी कारबाहीका लागि उदयपुरको इलाका प्रहरी कार्यालय, रामपुर ठोक्सिलालाई आज बुझाइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline