चिनियाँ लडाकु जहाज आफ्नो भूभागमा प्रवेश गरेको ताइवानको आरोप 

चिनियाँ लडाकु जहाज आफ्नो भूभागमा प्रवेश गरेको ताइवानको आरोप 

  • बुधबार, पुस २८, २०७८
  • मिर्मिरे अनलाइन

  • 11.1K
    SHARES

एजेन्सी, २८ पुस । ताइवानले आफ्नो भूमिमा पाँच चिनियाँ सैनिक विमान बुधबार प्रवेश गरेको दाबी गरेको छ । ताइवानका स्थानीय सञ्चारमाध्यमहरुका अनुसार जनवरी महिनामा मात्र अहिलेसम्म ९ पटक यस्तो भएको छ ।

समाचार एजेन्सी एएनआईले ताइवानको नेशनल डिफेन्स मन्त्रालयलाई उदृत गर्दै यस्तो जानकारी दिएको हो ।

यी पाँच सैनिक विमान मध्ये चार पिपुल्स लिबरेशन आर्मी एयर फोर्सको शेनयांग जे-१६ लडाकु विमान थिए भने एक शांक्सी वाई-८ एन्टी-सबमरीन लडाकु विमान रहेको समाचारमा जनाइएको छ।

बीबीसीका अनुसार यी पाँचै विमान ताइवानको एयर डिफेन्स आइडेन्टिफिकेशन जोनको दक्षिण पश्चिमी भूभागबाट आएका थिए । त्यपछि त्यसको प्रतिकारमा आफूहरुले रेडियो सन्देश जारी गरेको र विमान पत्ता लगाउका लागि एयर डिफेन्स मिसाइल सिस्टमलाई तैनाथ गरेको ताइवानले बताएको छ ।

चीनले ताइवानलाई आफ्नो अभिन्न हिस्सा मान्दै आएको छ भने ताइवानले आफूलाई स्वतन्त्र राष्ट्र बताउँदै आएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ