कोरोना महामारीमा रक्सी पार्टी गरेपछि बेलायती प्रधानमन्त्रीले मागे माफी

कोरोना महामारीमा रक्सी पार्टी गरेपछि बेलायती प्रधानमन्त्रीले मागे माफी

  • बुधबार, पुस २८, २०७८
  • मिर्मिरे अनलाइन

  • 8.1K
    SHARES

एजेन्सी, २८ पुस। बेलायती प्रधानमन्त्री बेरिस जोनसनले आफ्नो सरकारी आवासा ‘१०, डाउनिंग स्ट्रीट’ मा भएको एक रक्सी पार्टीलाई लिएर माफी मागेका छन् ।

यो पार्टी मे २०२० मा कोरोना महामारीका बीच भएको थियो जतिबेला महामारीलाई लिएर लगाइएको प्रतिबन्धहरु जारी थियो ।

बेलायतमा बिगत दुई दिन यता यो मुद्दा जोडतोड साथ उठिरहेको थियो । प्रधानमन्त्रीको आवास कार्यालयले यसबारेमा जाँच भइरहेको छ भन्दै यो प्रश्नलाई टार्दै आएको थियो ।

‘प्रधानमन्त्रीसँग प्रश्न’ कार्यक्रमको सुरुआत हुनासाथ जोनसनले माफी माग्न चाहेको बताएको थिए ।

उनले महामारीमा करोडौं मानिसले समस्या भोगिरहेको आफूलाई थाहा भएको बताए ।

उनले नियम बनाउनेले नै निमयको उचित रुपमा पालन नगरेको स्वीकार गरे ।

उनले घटनाको जिम्मेवारी आफूले लिने बताए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ