अहिले रुसी महासंघबाट अलग्गिएको युक्रेन मामलामा पश्चिमा राष्ट्र र रुस आमनेसामने भएका छन् । युक्रेनलाई नेटोमा आवद्ध गराउने अमेरीकाको अग्रसरतापछि युक्रेनमाथि दबाब बढाउन अहिले लाखाँै रुसी सेना युक्रेनलाई घेरेर बसेको छ । माहौल युद्धउन्मुख रहेको अन्तराष्ट्रिय समाचारहरुमा उल्लेख गरिदै आएको छ ।
रुसले युक्रेनलाई नेटोमा आवद्ध गर्न नहुने अडान राख्दै आएको छ । सन् २०१४ मा युक्रेनको क्रिमियालाई आफूमा बिलय गराएपछि शसंकित अमेरीका युक्रेनमा आफ्नो उपस्थिति बढाउन चाहन्छ । युक्रेनको अर्को पूर्वी भाग डनबास पनि रुसी समर्थकहरुको बाहुल्य रहेकाले सो भाग पनि रुसले गाभ्न सक्ने पश्चिमा शक्तिहरुमा चिन्ता छ ।
युरोप र अमेरीकाको प्रतिवन्धको चेतावनीका बाबजुद रुसले अत्याधुनिक हतियार प्रणाली सहित ठूलो संख्यामा सेना लिएर युक्रेनलाई तीन तिरबाट घेरेको छ ।
सन् १९६१ मा अमेरीकी नेतृत्वको नेटोले रुसको नजिक टर्कीमा बेसक्याम्प र हतियार तैनाथ गरेपछि रुसले अमेरीका नजिक क्युवामा क्षेप्यास्त्र तैनाथ गरेको थियो । जसलाई क्युवाको मिसाईल संकट पनि भनिन्छ ।
अहिले अमेरीका र रुसबीच तनाव बढीरहेका बेला पुनः केही रसियन लडाकु बिमानहरुले भेनेजुएला र क्युवाको उडान गरेको रुसी अखबारहरुले उल्लेख गरेका छन् ।
क्युवा र भेनेजुएलामा रुसको शसक्त उपस्थिति अमेरीकाको लागि टाउको दुखाई बन्ने छ । अमेरीका र रुसबीचको बढ्दो टकराब नयाँ प्रकारको शीत युद्ध जस्तो बन्न सक्ने चिन्ता जनाउन थालिएको छ ।