काठमाडौं, २७ पुस । भारत–चीन सीमा विवाद जारी रहँदा अमेरिकाले छिमेकी देशलाई ुधम्की दिनेु बेइजिङको प्रयास चिन्ता बढाउने खालको रहेको प्रतिक्रिया दिएको छ । अमेरिकाले आफू साझेदार देशसँग उभिने बताएको बीबीसीले उल्लेख गरेको छ ।
भारत र चीनबीच पूर्वी लद्दाख क्षेत्रमा करिब तीन वर्षयता तनावको स्थिति बनेको छ । समस्या समाधानका लागि दुबै देशबीच सैन्य स्तरमा कयौंपटक छलफल भएको छ तर अहिलेसम्म समस्या समाधान हुन सकेको छैन ।
अमेरिकाको ताजा धारणा यस्तो बेलामा आएको छ जतिबेला भारत र चीनबीचको सैन्य स्तरको छलफलको १४ औं शृंखला सुरु हुन लागेको छ ।
समाचार एजेन्सी पीटीआईका अनुसार कोर कमाण्डर स्तरको यो छलफल बुधबार हुन सक्ने सम्भावना छ ।
भारत र चीनबीच हुन लागेको छलफल अघि अमेरिकामा ह्वाइट हाउसकी प्रवक्ता जेन साकीले अमेरिकाले यस घटनालाई हेरिरहेको बताएकी हुन् । उनले भनिन्, ुहामी सीमा विवाद कुराकानी र शान्तिपूर्ण रुपमा समाधानको समर्थन गर्छौं।ु
उनले भनिन्, ुयसले अस्थिरता पैदा गर्न सक्छ । हामी चीनले छिमेकीमाथि धम्की दिने प्रयासलाई लिएर चिन्तित छौं । यस प्रकरणमा हामी आफ्ना साझेदारसँग खडा रहने छौं ।ु