रोहिंज्या शरणार्थी शिविरमा आगो लाग्दा सयौं टहरा जलेर ध्वस्त

रोहिंज्या शरणार्थी शिविरमा आगो लाग्दा सयौं टहरा जलेर ध्वस्त

  • सोमवार, पुस २६, २०७८
  • मिर्मिरे अनलाइन

  • 13.4K
    SHARES

ढाका, २६ पुस । बंगलादेशमा रोहिंज्या शरणार्थी शिविरमा आगो लाग्दा सयौं टहरा जलेर ध्वस्त भएका छन् । देशको उत्तरपूर्वी क्षेत्र कोक्स बजार जिल्लामा रहेको शरणार्थीको शिविरमा भएको आगलागीमा केही शरणार्थी घाईते भएका छन् । सन् २०१७ मा म्यानमारमा सेनाको दमनपछि लाखौं शरणार्थी सिमावर्ती जिल्ला कोक्स बजारमा शरण लिएका थिए । आगो नियन्त्रणमा लिएको आपतकालीन विभागका अधिकारीहरुले बताएका छन् । आगलागीको कारण खुलेको छैन् ।

आगलागीपछि धेरै शरणार्थी घरबारबिहिन भएको स्थानीय अबु तहरले बताएका छन् । कोक्स बजारमा यसअघि पनि आगजनी हुँदा १५ शरणार्थीको मृत्यु भएको थियो । आगजनीमा १० हजार झुपडी जलेर खरानी भएका थिए । राष्ट्रसंघको शरणार्थीसम्बन्धी निकायका अनुसार कोक्स बजारको शरणार्थी शिविरमा बढीमा नौ लाख शरर्णाी छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ