अस्ट्रेलियाद्वारा जोकोभिचको भिसा रद्द

अस्ट्रेलियाद्वारा जोकोभिचको भिसा रद्द

  • बिहिबार, पुस २२, २०७८
  • मिर्मिरे अनलाइन

  • 3.4K
    SHARES

काठमाडौं, २२ पुस । अस्ट्रेलियाले विश्व नम्बर एक टेनिस खेलाडी नोभाक जोकोभिचको भिसा रद्द गरिदिएको छ । अस्ट्रेलियन ओपनका लागि मेलबोर्न पुगेका जोकोभिचले कोभिड–१९ विरुद्धको खोप लगाए वा नलगाएको खुलस्त नभएपछि भिसा रद्द गरिएको हो ।

यसअघि उनलाई लामो समय एयरपोर्टमा राखिएको थियो । सर्वियन खेलाडीले गत वर्ष खोपको विरोध गरेपछि उनले खोप लगाएको वा नलागएको पुष्टि हुन सकेको छैन।

भिसा रद्द भएसँगै उनलाई फिर्ता पठाउने अस्ट्रेलियन सीमा बलले जनाएको छ । सर्वियन टेनिस स्टार २१औँ ग्रान्डस्लाम जित्दै कीर्तिमान बनाउने लक्ष्यसहित मेलबर्न विमानस्थल पुगेका हुन् ।

अस्ट्रेलियन ओपन सुरू हुन ११ दिनमात्रै बाँकी रहँदा कोभिड-१९ विरुद्धको खोप लगाएरनलगाएको खुलस्त पार्न जोकोभिचसामु चुनौति छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ