कुनै पनि युद्ध जीत्ने स्तरमा सैन्य प्रशिक्षण र आधुनिकिकरण गर्न जनमुक्ति सेनालाई राष्ट्रपति सि को निर्देशन

कुनै पनि युद्ध जीत्ने स्तरमा सैन्य प्रशिक्षण र आधुनिकिकरण गर्न जनमुक्ति सेनालाई राष्ट्रपति सि को निर्देशन

  • बुधबार, पुस २१, २०७८
  • मिर्मिरे अनलाइन

  • 6.5K
    SHARES

चीनीया राष्ट्रपति एवं सैन्य कमिसन आयोगका अध्यक्ष सि जिन पिङले जनमुक्ति सेनाको लागि पहिलो निर्देशन जारी गरेका छन् । सन् २०२२ को पहिलो निर्देशनका रुपमा राष्ट्रपति सि ले कुनै पनि युद्ध जीत्ने गरी सेनाको प्रशिक्षण, अभ्यास, आधुनिकिकरण एवं प्राविधिक रुपमा अपग्रेड हुँदै जान निर्देशन दिएका हुन् ।
यस आदेशमा युद्धप्रविधिको विकास, प्रतिद्धन्दीमाथि निगरानी जस्ता विषय समेत समेटिएको सञ्चार माध्यमहरुमा उल्लेख छ ।
चीनीया जनमुक्ति सेना सैन्य जनशक्तिका हिशाबले विश्वकै ठूलो सेना हो । हतियार र प्रविधिका हिशाबले अमेरीका र रुसपछि तेस्रो स्थानमा रहेको बताईन्छ ।
ताईवान मामलाई लिएर अमेरीकासँग बढ्दो तनाव, भारतसँग लद्धाखमा जारी तनावका बीच चीनीया जनमुक्ति सेनाका लागि नयाँ आदेश आएको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ