नयाँ वर्षको पार्टीमा गोली चल्यो, तीन जनाको मृत्यु

नयाँ वर्षको पार्टीमा गोली चल्यो, तीन जनाको मृत्यु

  • आइतवार, पुस १८, २०७८
  • मिर्मिरे अनलाइन

  • 11.8K
    SHARES

एजेन्सी १८ पुस । अमेरिकामा गोली हानाहान हुँदा कम्तिमा तीन जनाको मृत्यु भएको छ । मिसिसिपी राज्यको गल्फपोर्टमा नयाँ वर्षको पार्टीमा गोली चल्दा अन्य चार जना घाईते भएका छन् ।

पार्टीमा धेरै मानिहरुको जमघट भएको थियो । गल्फपोर्ट गोलीकान्डका दोषीको खोजी भइरहेको प्रहरीले जनाएको छ । घटनास्थलमा ५० भन्दा बढी पटक गोली चलेको थियो । मदिरा र लागू औषधिको सेवनपछि विवाद हुँदा गोली चलेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।

प्रहरीका अनुसार आक्रमणका एक घाईतको अवस्था गम्भीर छ । घटनाबारे प्रहरीले थप अनुसन्धान गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ