अमेरीकासँगको तोड्ने रुसी राष्ट्रपति पुटिनको चेतावनी

अमेरीकासँगको तोड्ने रुसी राष्ट्रपति पुटिनको चेतावनी

  • शुक्रबार, पुस १६, २०७८
  • मिर्मिरे अनलाइन

  • 6.7K
    SHARES

मस्को, १६ पुस । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन विवादलाई जोडेर नयाँ प्रतिबन्ध लगाइए अमेरिकासँगको सम्बन्ध टुट्न सक्ने चेतावनी दिएका छन् । अमेरिकी राष्ट्रपति जो बाइडेनसँगको टेलिफोन वार्तामा राष्ट्रपति पुटिनले नयाँ प्रतिबन्ध अमेरिकाका लागि नै प्रत्युत्पादक हुने बताए ।

रुसले युक्रेनमाथि हस्तक्षेप गरेको भन्दै वासिंगटनले मस्कोमाथि प्रतिबन्ध लगाउने बताइरहेका बेला पुटिनको चेतावनी आएको हो ।

रुसले युक्रेनसँगको पूर्वी सीमामा एक लाख भन्दाबढी फौज तैनाथ गरेको छ । सो फौज अतिक्रमण गर्न नभई आफ्नो नियमित अभ्यासका क्रममा तैनाथ गरिएको रुसको भनाई छ ।

युक्रेनमाथि हुने जुनकुनै हस्तक्षेपलाई अमेरिकाले अन्य साझेदार देशहरुसँग मिलेर प्रतिवाद गर्ने राष्ट्रपति बाइडेनले बताएका छन् । पुटिन र बाइडेनबीच शुक्रबार विहान टेलिफोन वार्ता भएको थियो । यो वार्ता एक महिनाको समयमा दुई राष्ट्रपतिबिच भएको दोस्रो हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ