भारत र चीनबीचको सीमा विवाद अझै समाधान हुन सकेको छैन । दुई देशबीच १०० अर्ब बढीको आर्थिक कारोबार रहे पनि भौगोलिक सीमाको विवाद भने कायमै छ । सन् १९६२ मा युद्ध समेत झेलेका यी दुई देशका सेनाबीच सन् २०२० जुन १५ मा गलवान घाँटीमा हिंशात्मक झडप भएको थियो । जहाँ २० भारतीय सैनिक र केही चीनीया सैनिकको मृत्यु भएको थियो । त्यस यता युद्धउन्मुख बनेका दुबै देशले सीमामा दशौँ हजार सेना र हतियार तैनाथ गरेका छन् साथै वार्ता पनि जारी राखेका छन् । तर प्रभावकारी परिणाम निकाल्न सकेका छैनन् ।
अहिलेको चिसो मौसममा लद्धाख लगायत भारत चीन सीमानाका धेरै क्षेत्रमा अत्याधिक चिसो हुने गरेको छ । जसले त्याहाँ तैनाथ सेनालाई मुस्किल पर्ने गरेको छ ।
यस्तो स्थितिमा चीनले लद्धाख आसपास रोबोर्ट किलर सेना परिचालन गरेको दाबी गरिएको छ । टाईम्स नाउलाई उद्धृत गर्दै भारतीय मिडियामा प्रकाशित समाचार अनुसार मेसिनगन फिट गरिएको रोबोर्ट सीमामा तैनाथ गरिएको छ । यो रोबार्टले तिव्वतको उचाई भएका क्षेत्रहरुमा गस्ती गरिरहेको छ । करीब ३८ वटा रोबोर्ट किलर भारतीय सीमामा परिचालित भएको र अन्य दर्जनौ तिव्वतमा रहेको बताईएको छ ।
यो रोबोर्ट सेनालाई चीनीया जनमुक्ति सेनाले टाढैबाट परिचालित गर्न सक्छ । त्यस्तै मानव रहित सैन्य उपकरण ढुवानीको लागि प्रयोग गरिने बाहन समेत परिचालित भएको समाचारमा दाबी गरिएको छ ।
त्यसो त भारतले पनि चीनले जतिकै सैन्य जनशक्ति सीमामा तैनाथ गरेको छ । भने अत्याुधुनिक हतियार तथा प्रविधि सीमामा तैनाथ गरिरहेको छ ।