जोर्डनको संसद भवनमा सांसदहरुबीच कुटाकुट, उपसभामुख भुइँमा ढले

जोर्डनको संसद भवनमा सांसदहरुबीच कुटाकुट, उपसभामुख भुइँमा ढले

  • बुधबार, पुस १४, २०७८
  • मिर्मिरे अनलाइन

  • 8.2K
    SHARES

अम्मान, १४ पुस । जोर्डनको संसदमा सांसदहरुबीच हात हालाहाल र कुटाकुट भएको छ । विवाद र चर्काचर्कीपछि सत्ता पक्ष र विपक्षी सांसदहरुबीच संसदभित्रै कुटाकुट भएको हो । सभामुखले उपसभामुखलाई सदन छोड्न भनेपछि विवाद चर्किएको थियो ।

संसद भवनभित्र भएको विवादबारे सामाजिक सञ्जालमा राखिएका भिडियोमा सांसदहरु एक अर्कालाई मुक्का हानेको तथा उपसभामुख भुइँमा ढलेको देखिन्छन् । उसभामुख ढलेपछि केही सांसदहरुले होहल्ला गरेका थिए ।

संविधान संशोधनको प्रस्तावबारे भएको छलफलमा एक सांसदले अस्वाभाविक मन्तव्य दिएपछि साँसदहरुबीच चर्काचर्की भएको थियो । त्यसपछि ती सांसदलाई आफ्नो भनाई फिर्ता लिन र क्षमा माग्न विपक्षी सांसदहरुले माग गरेका थिए । ‘संसदमा सांसदहरुबीच भएको झगडा र कुटाकुटले संसदको गरिमा घटेको छ,’ संसदा सदस्य खालिल आतियहले भने ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ