बङ्गलादेश : डुङ्गा आगलागीमा परी ४० जनाको मृत्यु भएको पुष्टि

बङ्गलादेश : डुङ्गा आगलागीमा परी ४० जनाको मृत्यु भएको पुष्टि

  • शुक्रबार, पुस ९, २०७८
  • मिर्मिरे अनलाइन

  • 3.3K
    SHARES

बङ्गलादेशको दक्षिणी जिल्ला झालाकाथीमा शुक्रबार एक नदीमा खचाखच भरिएको डुङ्गामा आगलागी हुँदा कम्तीमा ४० जनाको मृत्यु भएको प्रशासनले पुष्टि गरेको छ ।

ढाका त्रिवुनले दिएको जानकारीअनुसार धेरै यात्रुहरु जलेर गम्भीर घाइते भएकाले मृत्यु हुनेको सङ्ख्या अझै बढ्ने सम्भावना रहेको छ ।

बारीसालको शेर–ए–बङ्गला मेडिकल कलेज एन्ड हस्पिटल ९एसबिएमसीएच० का सहायक निर्देशक डा। मोनिरुज्जामानले भन्नुभयो, “घाइतेमध्ये ५०५ सम्म जलेका ६६ मध्ये १८ जना महिला रहेका छन् भने बाँकीको अवस्था पनि गम्भीर रहेको छ ।”

उहाँले थप्नुभयो, “आगोमा जलेर गम्भीर घाइते भएका तीन जना महिला र चार जना पुरुषलाई स्थानीय अस्पतालमा उपचार सम्भव नभएपछि ढाका मेडिकल कलेज र अन्य अस्पतालहरूमा पठाइएको छ ।”

अग्नि नियन्त्रण सेवाका अधिकारीहरूले सञ्चार माध्यमलाई दिएको जानकारी अनुसार ७० जनाभन्दा बढी यात्रुहरू स्थानीय अस्पतालमा पठाइएको बताएका छन् । आगो इन्जिन कोठाबाट सुरू भई मानिसहरू खचाखच भएका अन्य कक्षमा फैलिएको प्रारम्भिक अनुसन्धानले देखाएको उनीहरूले बताए ।

दापडापिया क्षेत्रमा पुग्दा बिहान ३ बजेको समयमा आगोको ज्वाला देखिएको र उक्त डुङ्गा झलाकाथी सदर उपजिल्लाको दियाकुल क्षेत्रमा गएर नदीको किनारमा अवतरण गराइएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ