हिमनदी पग्लिँदा एसियाका लाखौं मानिस प्रभावितः अध्ययन

हिमनदी पग्लिँदा एसियाका लाखौं मानिस प्रभावितः अध्ययन

  • बिहिबार, पुस ८, २०७८
  • मिर्मिरे अनलाइन

  • 6.3K
    SHARES

लन्डन, ८ पुस । हिमाली क्षेत्रमा तीव्र गतिमा हिउँ पग्लिँदा एसियाका मानिसको जीविकोपार्जनमा ठूलो असर परेको एउटा अध्ययनले देखाएको छ । जलवायु परिवर्तनका कारण अन्य क्षेत्रको तुलनामा एसियामा तीव्र ढंगले हिमनदी पग्लिएको विज्ञहरुले बताएका छन् । जलवायु परिवर्तनले अस्वभाविक ढंगले हिमालको आकारसमेत घटेको जनाइएको छ ।

हिमनदी पग्लिँदा एसियाको ब्रह्मपुत्र, गंगा र सिन्धुलगायतका नदीका आश्रित लाखौ मानिस प्रभावित भएका छन् । साइन्टिफक रिपोर्टसमा प्रकाशित सो अध्ययनमा पछिल्ला दशकहरुमा हिमाली क्षेत्रका हिमनदीमा हिउँको मात्रा ४०० वर्ष अगाडिभन्दा १० गुणाले घटेको अध्ययनमा उल्लेख छ ।

लन्डनको युनिभर्सिटी अफ लिड्स स्कुल अफ जियोग्राफीका उपप्रमुख तथा अनुसन्धान टोलीका लेखक डा। जोनाथान क्यारिभिक भन्छन्, ‘ हिमनदीको हिउँ अघिल्ला शताब्दीको तुलनामा १० गुणाले घटेको छ ।’

हिमनदीले आफ्नो ४० प्रतिशत क्षेत्र गुमाएको र हिमनदी पग्लिँदा निस्किएको पानीले समुद्रको तहमा बृद्धि भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: SobizTrend Technology
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, व्यवस्थापक: सन्तोष सेन्चुरी