कोभिडका बिरामी बढेपछि चीनको सियान सहरमा लकडाउन

कोभिडका बिरामी बढेपछि चीनको सियान सहरमा लकडाउन

  • बिहिबार, पुस ८, २०७८
  • मिर्मिरे अनलाइन

  • 8.6K
    SHARES

बेइजिङ, ८ पुस । कोभिड संक्रमण फेरि बढेपछि चीनको उत्तरी सहर सियानमा लकडाउन घोषणा गरिएको छ । सियानको जनसंख्या १ करोड ३० लाख छ । हिउँदे ओलम्पिकको पूर्वसन्ध्यामा महामारी नियन्त्रण गर्न सरकारले उच्च सर्तकता अप्नाएको छ ।

सियानमा बुधबार ५२ जना कोभिडका नयाँ संक्रमित भेटिएका थिए । योसँगै सो सहरमा कोभिडबाट संक्रमित हुनेको संख्या १४३ पुगेको छ ।

बिहीबार रातिदेखि हरेक दुई दिनमा प्रत्येक घरको एक जना सदस्य मात्र आवश्यक सामाग्री किन्न पसल जान पाउनेछन् । आकस्मिक अवस्थामा बाहेक कोही व्यक्ति पनि सहर छोड्न र घरबाहिर निस्कन पाउने छैनन् । लकडाउनका कारण सो सहरतर्फ उड्ने ८५ प्रतिशत उडान स्थगित भएका छन् ।

सरकारले सियानका सबै नागरिकको कोभिड परीक्षण गर्ने भएको छ ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ