इस्लामाबाद, ७ पुस । पाकिस्तानमा कोभिडको दोस्रो डोज खोप लगाएका व्यक्तिहरुलाई बुस्टर डोज दिइने भएको छ । विभिन्न देशहरुमा कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन फैलिरहेका बेला सरकारले ३० वर्षमाथिका सबै जनालाई बुस्टर डोज दिने भएको हो ।
आगामी १ जनवरीदेखि सो उमेर समूहमाथिका नागरिकलाई निःशुल्क बुस्टर डोज दिन लागिएको त्यहाँको राष्ट्रिय स्वास्थ्य सेवाका महानिर्देशक डा. राना सफ्दारले जानाकारी दिएका छन् । यसअघि ५० वर्ष उमेर पुगेका र रोग प्रतिरोधात्मक क्षमता कमजोर भएका व्यक्तिलाई बुस्टर डोज दिइएको थियो ।
ओमिक्रोन भेरियन्टको संक्रमण बढेको भन्दै राष्ट्रिय स्वास्थ्य सेवाले ३० वर्षदेखि माथिका सर्बसाधारणलाई खोप लगाउन अनुरोध गरेको छ । अहिलेसम्म ९५ भन्दाबढी देशका ५८ हजारलाई ओमिक्रोन भेरियन्ट देखिएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline