हङकङको निर्वाचनमा चीनले हस्तक्षेप गरेको भन्दै विश्व समुदायको आपत्ति

हङकङको निर्वाचनमा चीनले हस्तक्षेप गरेको भन्दै विश्व समुदायको आपत्ति

  • मङ्लबार, पुस ६, २०७८
  • मिर्मिरे अनलाइन

  • 5.6K
    SHARES

हङकङ, ६ पुस । हङकङको निर्वाचनलाई लिएर चीनको कडा आलोचना भएको छ । हङकङको आन्तरिक मामिलामा हस्तक्षेप गरेको भन्दै चीनको आलोचना भएको हो ।

हङकङको विधायिका सभामा आइतबार सम्पन्न निर्वाचनमा ९० प्रतिशतभन्दा बढी सिट बेइजिङ समर्थक सांसदहरुले जितेका थिए ।

मतदानअघि चीनले हङकङको निर्वाचन प्रणालीमा व्यापक परिवर्तन गरेको थियो । बेइजिङले उम्मेदवार माथिसमेत कडा निगरानी गरेको थियो ।

निर्वाचनले हङकङको प्रजातन्त्र समाप्त पारेको विभिन्न देशहरुले आरोप लगाएका छन् । अमेरिका, बेलायत, क्यानडा, अस्ट्रेलिया र न्युजिल्यान्डका विदेशमन्त्रीले चीनको नयाँ नियमले संसदमा अर्थपूर्ण राजनीतिक प्रतिद्वन्द्वीको सम्भावना अन्त्य गरिदिएको बताइएका छन् ।

त्यस्तै, जी ७ मा आबद्ध देश र युरोपेली युनियनले पनि हङकङको चुनावप्रति चासो देखाएका छन् ।

यसैबीच, चीनको विरोध गर्ने देशको बेइजिङले भर्त्सना गरेको छ । हङकङको आन्तरिक राजनीतिमा हस्तक्षेप गरेको भन्दै बेइजिङले भर्त्सना गरेको हो । अन्य देशहरुले हङकङको यर्थातलाई नजरअन्दाज गरेको चीनले आरोप लगाएको छ ।

मंगलबार अस्ट्रेलियास्थित चिनियाँ दूतावासले एक विज्ञप्ति सार्वजनिक गर्दै हङकङ मामिलामा अन्य देशले अनावश्यक चासो लिएको आरोप लगाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ