शीख धर्मको निन्दा गरेको आरोपमा अमृतसारको गोल्डेन टेम्पलमा युवकको हत्या

शीख धर्मको निन्दा गरेको आरोपमा अमृतसारको गोल्डेन टेम्पलमा युवकको हत्या

  • आइतवार, पुस ४, २०७८
  • मिर्मिरे अनलाइन

  • 4K
    SHARES

नयाँ दिल्ली, ४ पुस । पन्जावको अमृतसारस्थिर गोल्डेन टेम्पलमा एक युवकको हत्या भएको छ । शीख धर्मको निन्दा गरेको आरोपमा एउटा समूहले युवकको हत्या गरेको हो । ती युवक नियमित साँझको प्रार्थनाको समयमा रेलिङ चढेर मन्दिरको गर्भगृहमा पुगेका थिए ।

उनले शीखहरुको पवित्र पुस्तक गुरु ग्रन्थ साहिव अगाडि रहेको एउटा तरबार समाउने प्रयास गरेका थिए । निधारमा पहेलो फेता बाँधेका ती युवकको अस्वभाविक कार्य देखेपछि भक्तजनले उनलाई समाउने प्रयास गरेका थिए ।

सो घटनाबारे सार्वजनिक भएको एउटा सीसी क्यामेरको भिडियो फुटेजमा अन्दाजी २५ वर्ष ती व्यक्तिको अस्वभाविक गतिविधिपछि प्रार्थना गर्न आएका व्यक्तिले होहल्ला गरेका थिए । त्यसपछि उनी मन्दिरको रेलिङबाट हाम फालेका थिए ।

एकै क्षणमा मन्दिरमा जम्मा भएका केही व्यक्तिले उनलाई समातेर कुटेका थिए । लगत्तै उनको मृत्यु भएको थियो । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ