हाइटीमा तेल ट्यांकर बिस्फोटमा ६० जनाको मृत्यु, तीन दिन राष्ट्रिय शोक

हाइटीमा तेल ट्यांकर बिस्फोटमा ६० जनाको मृत्यु, तीन दिन राष्ट्रिय शोक

  • बुधबार, मंसिर २९, २०७८
  • मिर्मिरे अनलाइन

  • 4.4K
    SHARES

पोर्ट–अउ–प्रिन्स, २९ मंसिर । हेइटीमा एउटा तेल ट्यांकर बिस्फोट हुँदा ६० जना भन्दाबढीको मृत्यु भएको छ । क्याप हैटन सहरमा भएको सो बिस्फोटमा अन्य दर्जनौं घाइते भएका छन् । बिस्फोटपछि भएको ठूलो मानवीय क्षतिबाट आफू अत्यन्तै मर्माहत भएको प्रधानमन्त्री एरियल हेनरीले बताएका छन् ।

दुर्घटनापछि तीन दिन राष्ट्रिय शोक घोषणा गरिएको छ । ‘बिस्फोटमा मारिएका व्यक्तिहरुको सम्झनामा तीन दिन राष्ट्रिय शोक घोषणा गरिएको छ,’ प्रधानमन्त्री हेनरीले ट्विट गरेका छन् । घाइतेहरुको स्वास्थ्य उपचारको लागि सरकारले आवश्यक पहल गर्ने उनले बताए ।

बिस्फोटपछि पनि दर्जनौंको शब घटनास्थलमा छरिएको थियो । बिस्फोटमा कम्तिमा १०० जना घाइते भएको प्रहरीले जनाएको छ । स्थानीयले ट्यांकरबाट चुहिएको तेल उठाउने क्रममा ट्यांकरमा अकस्मात बिस्फोट हुँदा ठूलो मानवीय क्षति भएको जनाइएको छ । बिस्फोटपछि आगो ट्यांकरमा लागेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ