इन्डोनेसियामा ७ दशमलब ६ म्याग्निच्युडको भूकम्प

इन्डोनेसियामा ७ दशमलब ६ म्याग्निच्युडको भूकम्प

  • मङ्लबार, मंसिर २८, २०७८
  • मिर्मिरे अनलाइन

  • 2.9K
    SHARES

जाकार्ता, २८ मंसिर । इन्डोनेसियामा ७ दशमलब ६ म्याग्निच्युडको भूकम्प गएको छ । भूकम्पपछि सुनामीको चेतावनी दिइएको अमेरिकाको भौगोलिक सर्वेक्षण संस्था ९युएसजीएस० ले जनाएको छ ।

देशको पूर्वी नुसा टेंगारास्थित फ्लोर्स समुद्रमा सो भूकम्प गएको हो । समुद्रबाट पाँच किलोमिटर गहिराइमा भूकम्पको केन्द्रविन्दु रहेको जनाइएको छ । भूकम्पको केन्द्रबिन्दु रहेको स्थानबाट एक हजार किलोमिटर क्षेत्रभित्र सुनामी आउन सक्ने चेतावनी दिइएको छ ।

इन्डोनेसियामा बारम्बार भूकम्प जाने गर्छ । सन् २००४ मा ९ दशमलब १ म्याग्निच्युडको भूकम्प गएको थियो । भूकम्पपछिको सुनामीमा २ लाख २० हजारको मृत्यु भएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ