चीनमा पनि देखियो ओमिक्रोन

चीनमा पनि देखियो ओमिक्रोन

  • मङ्लबार, मंसिर २८, २०७८
  • मिर्मिरे अनलाइन

  • 6.4K
    SHARES

बेइजिङ, २८ मंसिर । चीनमा पनि कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन देखिएको छ । झिजियाङ प्रान्तको उत्तरी बन्दरगाह सहर तियानजिनमा पहिलो पटक ओमिक्रोन देखिएको हो ।

यही ९ डिसेम्बरमा विदेशबाट आएका एक व्यक्तिमा नयाँ संक्रमण देखिएको त्यहाँको एक स्थानीय पत्रिकाले जनाएको छ । संक्रमितको अहिले एक स्थानीय अस्पतालमा आइसोलेसन वार्डमा उपचार भइरहेको छ ।

पछिल्लो पटक तियानजिन सहरमा कोभिड संक्रमितको उलेख्य संख्यामा बृद्धि भएको छ । मंगलबार मात्र तियानजिनमा ३७ जनामा कोभिड देखिएको थियो । यो सँगै सो सहरमा कोभिडबाट संक्रमित हुनेको संख्या १४४ पुगेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ