ओमिक्रोनले खोपको प्रभावकारिता घटायोः डब्लूएचओ

ओमिक्रोनले खोपको प्रभावकारिता घटायोः डब्लूएचओ

  • सोमवार, मंसिर २७, २०७८
  • मिर्मिरे अनलाइन

  • 12.4K
    SHARES

न्युयोर्क, २७ मंसिर । ओमिक्रोन भाइरस डेल्टाभन्दा बढी संक्रमक भएको र यसले खोपको प्रभावकारिता घटाइदिने विश्व स्वास्थ्य संगठन ९डब्लूएचओ०ले जनाएको छ । यसै वर्षको सुरुमा भारतमा फेला परेको डेल्टा भेरियन्ट केही महिनाअघिसम्म निकै संक्रमित मानिएको थियो ।

तर, करिव दुई महिनाअघि अफ्रिकामा नयाँ भेरियन्ट देखिएसँगै डेल्टाको चर्चा कम हुन थालेको छ । नयाँ भेरियन्ट ओमिक्रोनको उत्परिवर्तन दर धेरै भएको विज्ञहरुले बताउँदै आएका छन् ।

डब्लूएचओका अनुसार ९ डिसेम्बरसम्ममा ओमिक्रोन भेरियन्ट ६३ देशमा फैलिसकेको छ । सबैभन्दा बढी पहिला देखिएको भनिएको दक्षिण अफ्रिकामा यसको संक्रमण दर तीव्र बढेको छ । ओमिक्रोनको कारण देखाउँदै विभिन्न देशले दक्षिण अफ्रिकी देशहरुमा यात्रा प्रतिबन्ध लगाएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ