चीनीया अर्थव्यवस्था महासागर जस्तै छ: सि जिन पिङ

चीनीया अर्थव्यवस्था महासागर जस्तै छ: सि जिन पिङ

  • शुक्रबार, मंसिर २४, २०७८
  • मिर्मिरे अनलाइन

  • 8.9K
    SHARES

राष्ट्रपति सी चिनफिङका अनुसार चिनियाँ अर्थतन्त्र एउटा महासागर जस्तै छ जुन कुनै पनि आँधीबाट बच्न पर्याप्त र सक्षम छ।
समुद्रको शान्त दिन हुन सक्छ तर त्यसबाट ठूला हावा र आँधीबेहरी मात्र आशा गर्न सकिन्छ,ू सीले २०१८ मा पहिलो चीन अन्तर्राष्ट्रिय आयात एक्सपोको उद्घाटन समारोहमा भन्नु भएको थियो।
कोभिड १९ महामारी, दोस्रो विश्वयुद्धको अन्त्यपछि विश्व अर्थतन्त्रको सबैभन्दा खराब मन्दी र चीनको विकासलाई रोक्न केही देशहरूले गरेको प्रयासको बावजुद चीनको अर्थतन्त्र बलियो बनेको छ। यस अस्तव्यस्तताले ओझेलमा पर्नुको सट्टा, चीनको अर्थतन्त्र बलियो रह्यो २०२० मा वृद्धि हुने एकमात्र प्रमुख अर्थतन्त्रको रूपमा उदाउँनुमा चिनियाँ नेतृत्व र विशाल घरेलु बजार महत्त्वपूर्ण कारक रहेका छन् । ूधेरै हावा र आँधीबेहरीको अनुभव गरिसकेपछि, समुद्र अझै पनि स्थिर नै रहन्छ । ूधेरै हावा र आँधीको अनुभव गरिसकेपछि, महासागर अझै त्यहाँ रहनेछ । हो चीन पनि त्यस्तै छ । महासागरले जीवनलाई पोषण दिन्छ, चीनको विकास, वृद्धि र अवसरहरूले बाँकी विश्वलाई फाइदा पुर्यायउँछ।, सीको टिप्पणी छ । चीनले गत वर्षको शुरुमा काम र उत्पादन पुनस् शुरु गर्न अगाडि बढ्यो र विश्वव्यापी आपूर्ति शृङ्खलाको स्थिरतामा योगदान पुर्या एको छ । बढ्दो आयातले विश्व अर्थतन्त्रको पुनरुत्थानलाई पनि बढाएको छ।
जसरी महासागरले कुनै नदीलाई अस्वीकार गर्दैन, समसामयिक चीन पनि त्यस्तै समावेशी छस् राष्ट्र स्वतन्त्र व्यापार र बहुपक्षीयताको सशक्त वकालत र खुला विश्वव्यापी अर्थतन्त्रको सक्रिय समर्थक हो। सन् २०२० मा चीनको सुधार र खुलापनको अग्रपंक्तिमा रहेको शाङ्घाईको पुडोङको विकास र खुलापनको ३०औँ वार्षिकोत्सवको अवसरमा आयोजित समारोहमा सीले विश्व अर्थतन्त्र पनि एउटा महासागर भएको बताउनुभएको हो।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ