निकारागुवाले तोड्यो ताइवानसँगको कूटनीतिक सम्बन्ध

निकारागुवाले तोड्यो ताइवानसँगको कूटनीतिक सम्बन्ध

  • शुक्रबार, मंसिर २४, २०७८
  • मिर्मिरे अनलाइन

  • 5K
    SHARES

मनागुवा, २४ मंसिर ।  निकारागुवाले ताइवानसँगको कूटनीतिक सम्बन्ध तोडेको छ । निकारागुवा ताइवानसँग कूटनीतिक सम्बन्ध तोड्ने अन्तिम देश हो । आफूसँग कूटनीतिक सम्बन्ध तोडेकोमा ताइवान निकारागुवासँग दुःखी बनेको जनाएको छ । निकारागुवाले वर्षौंदेखिको मित्रतामा अपमान गरेको ताइवानले जनाएको छ ।

निकारागुवाको कदमलाई चीनलाई स्वागत गरेको छ । आफूसँग कूटनीतिक सम्बन्ध राख्ने जुनसुकै देशले पनि ताइवानसँगको सम्बन्ध तोड्नुपर्ने बताउँदै आएको छ ।

अमेरिकी विदेश मन्त्रालयले आइतबार ताइवानसँगको सम्बन्ध विस्तार गर्न अन्य देशहरुलाई आह्वान गरिरहेका बेला निकारागुवाको पछिल्लो घोषणा आएको हो ।

ताइवानलाई बेइजिङले आफूबाट टुक्रिएर रहेको एउटा प्रान्तको रुपमा हेर्ने गरेको छ । तर, ताइवानले भने आफूलाई एउटा स्वतन्त्र र सार्वभौमसत्ता सम्पन्न प्रजातान्त्रिक देशको रुपमा व्यवहार गर्दै आएको छ ।

सन् २०१६ मा राष्ट्रपति साइ इङ वेन राष्ट्रपति बनेपछि छिमेकी देशहरुले एकपछि अर्को गरी कूटनीतिक सम्बन्ध तोड्दै आएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ