भारतको चिफ अफ् डिफेन्स स्टाफ विपीन रावत चढेको हेलिकप्टर दुर्घटनाग्रस्त, चार जनाको शब बरामद

भारतको चिफ अफ् डिफेन्स स्टाफ विपीन रावत चढेको हेलिकप्टर दुर्घटनाग्रस्त, चार जनाको शब बरामद

  • बुधबार, मंसिर २२, २०७८
  • मिर्मिरे अनलाइन

  • 16.9K
    SHARES

भारतको पूर्व सेना प्रमुख एवं चिफ अफ डिफेन्स स्टाफ विपीन रावत चढेको हेलिकप्टर दुर्घटनाग्रस्त भएको छ ।
रावत र उनका परिवारका सदस्यहरू चढेको इन्डियन एयरफोर्सको एमआई १७ हेलिकप्टर तमिल नाडुको कोइम्बातोर क्षेत्रमा दुर्घटनामा परेको हो।
रावत कुनुरबाट वालिङ्टन जाँदै थिए। हेलिकप्टर भारतीय सेनाका अन्य उच्च अधिकारीहरू पनि रहेका थिए । घटनास्थलबाट चार जनाको शब बरामद भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । अन्य दुर्घटनामा परेकाहरुलाई उद्धार गरेर अस्पताल लगिएको बताईएको छ ।

खराब मौसमका कारण हेलिकप्टर दुर्घटना भएको हुन सक्ने अनुमान गरिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ