अस्ट्रेलियाले पनि बेइजिङ ओलम्पिक बहिस्कार गर्ने

अस्ट्रेलियाले पनि बेइजिङ ओलम्पिक बहिस्कार गर्ने

  • बुधबार, मंसिर २२, २०७८
  • मिर्मिरे अनलाइन

  • 8.4K
    SHARES

सिड्नी, २२ मंसिर । अस्ट्रेलियाले पनि सन् २०२२ मा हुने बेइजिङ ओलम्पिक्सलाई कूटनीतिक रुपमा बहिस्कार गर्ने भएको छ । अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले बुधबार सो घोषणा गरेका हुन् । प्रधानमन्त्री मोरिसनले खेलाडी सहभागी भए पनि प्रतिनिधिमन्डल भने स्वदेशमै रहने बताए ।

राजधानी सिड्नीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रधानमन्त्री मोरिसनले भने, ‘मानवअधिकार उल्लंघन र सिन्जियाङका मुसलमानहरुमाथिको दुर्व्यवहारलाई लिएर अस्ट्रेलियाले कूटनीतिक रुपमा बेइजिङ ओलम्पिक बहिस्कार गर्छ ।’

मानवअधिकार र दुर्व्यवहारमा परेका मुसलमानबारे चीन सरकारसँग वारम्वार वार्ता गर्न चाहे पनि सरकारले बेवास्ता गरेको मोरिसनले बताए । चीनले तिब्बतलाई हेर्ने दृष्टिकोण, त्यहाँ भइरहेका मानवअधिकार दुर्व्यवहारका घटनालाई लिएर अधिकारवादीहरुले महिनौंदेखि बेइजिङ ओलम्पिक बहिस्कार गर्न विभिन्न देशमाथि दबाब दिँदै आएका छन् ।

यसअघि अमेरिकाले पनि बेइजिङमा हुने हिउँदे ओलिम्पिकलाई कूटनीतिक रूपमा बहिस्कार गर्ने घोषणा गरेको थिये। चीनमा मानव अधिकार उल्लंघनका घटनामा बृद्धि भएको अ‌ारोप लगाउँदै चीनले हिउँदे अ‌ोलम्पिकलाई बहिस्कारको घोषणा गरेको थिये। तर, अमेरिकी खेलाडी भने सो प्रतियोगितामा सहभागी हुने जनाइएको थियो ।

चीनले सिन्जियाङका अल्पसंख्यक मुसलमानको दमन गरेको अमेरिकाले आरोप लगाउँदै आएको छ। हङकङको राजनीतिक स्वतन्त्रतामा दमन गरेको पनि अमेरिकाले चीनमाथि अ‌ारोप लगाउँदै अ‌ाएको छ।

एक महिनाअघि मात्र अमेरिकी राष्ट्रपति जो बाइडनले शीतकालीन ओलिम्पिक बहिष्कारबारे आफूले विचार गरिरहेको बताएका थिए।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ