रुसी राष्ट्रपति पुटिन भारत भ्रमणमा

रुसी राष्ट्रपति पुटिन भारत भ्रमणमा

  • सोमवार, मंसिर २०, २०७८
  • मिर्मिरे अनलाइन

  • 8.8K
    SHARES

रूसी राष्ट्रपति भ्लादमिर पुटिन भारत भ्रमणमा आएका छन्। सोमबार साँझ उनी केही घन्टाको भ्रमणपछि आजै फर्कने तयारीमा छन् । भारत रुस टु प्लस टु मा सहभागी हुन पुटिन दिल्ली आएका हुन् ।
उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटघाट गरेका छन्। पुटिन नयाँदिल्ली पुग्नुअघि रूस र भारतका रक्षा र विदेश मन्त्रीको बैठक दिल्लीमा सम्पन्न भएको थियो। उक्त बैठकपछि रक्षासम्बन्धी महत्वपूर्ण दुई सम्झौतामा हस्ताक्षर भएको छ ।
सम्झौतअनुसार भारतले रूसी प्रविधि प्रयोग गरी एके-२०३ एसल्ट राइफल आफ्नै देशमा उत्पादन गर्नेछ भने रूस-भारतको रक्षा क्षेत्रको सम्झौता सन् २०३१ सम्म लागु रहनेछ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ