म्यानमारकाे सेनाले प्रदर्शनकारीमाथि चलायाे ट्रक: पाँचकाे मृ्त्यु, दर्जनाैं घाइते

म्यानमारकाे सेनाले प्रदर्शनकारीमाथि चलायाे ट्रक: पाँचकाे मृ्त्यु, दर्जनाैं घाइते

  • सोमवार, मंसिर २०, २०७८
  • मिर्मिरे अनलाइन

  • 9.6K
    SHARES

यांगुन, २० मंसिर।

म्यानमारकाे सेनाले प्रदर्शनकारीमाथि ट्रक चलाउँदा पाँच जनाकाे मृत्यु भएकाे छ भने अरु दर्जनाै‌ं घाइते भएका छन् । घाइतेमध्ये केहीकाे अवस्था गम्भीर छ । म्यानमारकाे व्यावसायिक राजधानी यांगुनमा सेनाकाे एउटा ट्रक प्रर्दशनकारीहरुमाथि कुदाइदा उनीहरुकाे मृत्यु भएकाे हाे । सेनाले भाग्दै गरेका प्रदर्शनकारीमाथि अन्धाधुन्दा गाेली प्रहार गरेकाे थियाे ।

फेब्रुवरीमा सेनाकाे कुपछि सरकारविरुद्ध भएका प्रदर्शनमा १२ सयभन्दा बढीकाे मृत्यु भएकाे छ भने हजाराैंलाइ जेल हालिएकाे छ । पछिल्लाे प्रदर्शनमा सेनाले ११ जनालाई पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा दुई जना सञ्चारकर्मी पनि छन् ।

प्रदर्शनकारीमाथि ट्रक चलाइएकाे विषयलाई सेनाले अस्वीकार गरेकाे छ । बरु प्रदर्शनकारीले नै हिंसा मच्चाएकाे सरकारकाे दाबी छ ।

विगतमा सरकारविरुद्ध भएका प्रर्दशनमा सेनाले गाेली चलाउँदा ठूलाे संख्यामा प्रदर्शनकारीकाे मृत्यु हुन थालेपछि अ‌ाजभाेलि प्रदर्शनकारीले साना ह्ययाली र भेला अ‌ायाेजना गर्न थालेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: SobizTrend Technology
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, व्यवस्थापक: सन्तोष सेन्चुरी