ट्विटरले यसकारण बन्द गर्‍यो चीन र रसियासहित ६ देशको ३५०० अकाउन्ट

ट्विटरले यसकारण बन्द गर्‍यो चीन र रसियासहित ६ देशको ३५०० अकाउन्ट

  • शुक्रबार, मंसिर १७, २०७८
  • मिर्मिरे अनलाइन

  • 4.7K
    SHARES

बेइजिङ, १७ मंसिर । ट्विटरले चीन र रसियासहित छ देशका विभिन्न संघ संस्थाको अकाउन्ट हटाएको छ । सरकारको अनावश्यक प्रचार गरेको भन्दै ट्विटरले ती देशहरुको अकाउन्ट हटाएको हो । ुचीनको अल्पसंख्यक मुस्लिम समुदाय उहिगुरलाई होच्याउनेलगातयका ३५०० ट्विट अकाउन्ट बन्द गरिएको छु, ट्विटरले एक प्रेस विज्ञेप्तिमा भनेको छ ।

चीनमाथि गम्भीर मानवअधिकार उल्लंघन गरेको सिनजियाङ प्रान्तका उहिगुर मुसलमानको नरसंहार गरेको अ‌ारोप लाग्दै अ‌ाएको छ । विज्ञहरुका अनुसार १० लाख भन्दा उहिगुरलाई विभिन्न शिविरमा राखिएको छ । उहिगुरमाथि गर्ने व्यवहारका कारण चीनमाथि अन्तर्राष्ट्रिय समुदायले अ‌ालोचना गर्दै अ‌ाएको छ ।

चीनमा फेसबुक र ट्विवटरमाथि प्रतिबन्ध छ । तर, अन्तर्राष्ट्रिय मञ्चमा अ‌ाफ्ना बिचार व्यक्त गर्न बेइजिङले यी दुबै सामाजिक सञ्जाल प्रयोग गर्दै अ‍ाएको छ ।

बेइजिङ समर्थित २०४८ अकाउन्टबाहेक ट्विटरले सिन्जियाङको क्षेत्रीय सरकारसँग जोडिएको च्याङगु कल्चर कम्पनीका ११२ अकाउन्ट बन्द गरिदिएको छ ।

चीनबाहेक ट्विटरले रसियाली कम्पनी इन्टरनेट रिसर्च एजेन्सीका १६ अकाउन्ट बन्द गरिदिएको छ ।

त्यसैगरी, मेक्सिकोका २७६ र भेनेजुएलाका २७७ अकाउन्ट बन्द गरिएको जनाइएको छ । त्यस्तै, नागिरक अधिकार समूह फिचुअ तान्जेनियालाई निशाना बनाएको भन्दै अफ्रिकाका २६८ अकाउन्ट बन्द गरिएको छ । अर्कोतर्फ राष्ट्रपति योवेरी मुसीभेनीको प्रचार गरेको भन्दै युगान्डामा ४१८ ट्विटर अकाउन्ट बन्द गरिएका छन् ।

 

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी