ओमिक्रोनको विश्वव्यापी जोखिम बढ्योः डब्लूएचओ

ओमिक्रोनको विश्वव्यापी जोखिम बढ्योः डब्लूएचओ

  • मङ्लबार, मंसिर १४, २०७८
  • मिर्मिरे अनलाइन

  • 9.2K
    SHARES

न्युयोर्क, १४ मंसिर । विश्व स्वास्थ्य सगंठन (डब्लूचओ) ले कोभिड भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको विश्वव्यापी जोखिम बढेकोले जनाएको छ । डब्लूएचओले नयाँ भेरियन्टले केही क्षेत्रमा गम्भीर असर हुनेसमेत चेतावनी दिएको छ । डब्लूएच‍ओका प्रमुख टेड्रोसल घेरब्रीससले जोखिमबीच गरीब देशहरुले खोप लगाउनुपर्ने ‌‌‍आवश्यकता औल्याए । ‘कोभिड हामीबाट भागेको छैन्, बरु हाम्रैनजिक छ’ उनले भने ।

ओमिक्रोन भाइरस यसै महिनाको सुरुमा दक्षिण अफ्रिकामा देखिएको थियो । यो भेरियन्ट कोभिडको यसअधि खतरा मानिएको डेल्टा भेरियन्टभन्दा बढी जोखिम भएको डब्लूएचओले जनाउँदै अ‍ाएको छ । भेरियन्टबारे तत्कालै जानाकारी गराएको भन्दै दक्षिण अफ्रिकाको प्रश‌ंसा भएको छ । ‘ओमिक्रोनको म्युटेसन दर उच्च छ । तसर्थ महामारीबारे विश्व समुदायले बेलैमा सचेत हुनुपर्छ,’ उनले भने ।

नयाँ भरियन्टको जोखिम, यसको संक्रमण क्षमता र खोपसँग यसले कस्तो प्रतिकृया जनाउँछ भन्ने बारेमा विश्वभरका वैज्ञानिकहरुले अध्ययन गरिरहेका छन् । ‘हामीममध्ये धरैले कोभिडको प्रभाव घटेको लागे जस्तो भए पनि वास्तवमा झनै जोखिम बढेको छ,’ उनले भने । । तर, नयाँ भेरियन्टबाट अहिलेसम्म कसैको मृत्यु नभएको उनले जानाकारी दिए ।

क्यानडा, बेलायत, पोर्चुगल, बेल्जियम, नेदरल्यान्ड्स, भारत र हङकङमा नयाँ भेरियन्ट देखिएको छ । भेरियन्ट देखिएसँगै बेलायत, अमेरिका र युरोपेली युनियनका केही देशहरुले दक्षिण अफ्रिकामा यात्रा प्रतिबन्ध लगाएका छन् ।

त्यस्तै, जापानले पनि मंगलबारदेखि छिमेकी मुलुकहरुसँगको सीमा बन्द गरेको जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ