तीन जनामा कोभिड देखिएपछि सांघाइमा सयौं उडान रद्द, सबै विद्यालय बन्द

तीन जनामा कोभिड देखिएपछि सांघाइमा सयौं उडान रद्द, सबै विद्यालय बन्द

  • शुक्रबार, मंसिर १०, २०७८
  • मिर्मिरे अनलाइन

  • 7.4K
    SHARES

सांघाई, १० मंसिर। सांघाईमा तीन जनामा कोभिड १९ देखिएपछि सयौं उडान रद्द गरिनुका साथै विद्यालय बन्द गरिएका छन् । त्यस्तै, सो क्षेत्रमा गरिने सबै भ्रमण स्थगित गरिएको छ । चीनले कोभिडलाई शून्यमा झार्ने बताउँदै आएको छ । यात्रा प्रतिबन्ध देखि लकडाउनसम्मका उपाय लगाएर बेइजिङले कोभिड नियन्त्रण गर्न सफल भएको छ । तर, पछिल्ला समयमा केही सहरमा कोभिड संक्रमण देखिन थालेको छ ।

नजिकको सुझोउ सहरमा यात्रा गरेका तीन जनामा कोभिड पोजेटिभ देखिएपछि सावधानीस्वरुप विभिन्न प्रतिबन्ध लगाइएको त्यहाँका स्वास्थ्य अधिकारीहरुले बताएका छन् । कोभिड भएका तीनै जनाले खोप लगाएका थिए ।

सांघाईमा शुक्रबार ५०० भन्दा बढी उडान रद्द गरिएका छन् । त्यस्तै सांघाई सरकारले अन्तरप्रान्तीय भ्रमण रद्द गरेको छ । त्यसैगरी सांघाईका ६ ओटा अस्पताल बन्द गरिएका छन् ।

सांघाईबाट १०० किलोमिटर टाढा रहेको सुझोउ सहरमा एक करोड ३० लाख मानिस बसोबास गर्छन् । अहिले त्यहाँका सम्पूर्ण पर्यटकी क्षेत्र बन्द गरिएको छ । सहर छोड्नुअघि सबै नागरिकलाई कोभिड नेगेटिभ रिपोर्ट पेस गर्नुपर्ने भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ