किशान आन्दोलन अघि झुक्यो मोदी सरकार, तीन वटै कृषि कानुन फिर्ता

किशान आन्दोलन अघि झुक्यो मोदी सरकार, तीन वटै कृषि कानुन फिर्ता

  • शुक्रबार, मंसिर ३, २०७८
  • मिर्मिरे अनलाइन

  • 10K
    SHARES

भारतमा एक वर्षदेखि चलेको किशान आन्दोलनका अघि मोदी सरकार झुकेको छ । प्रधानमन्त्री मोदीले तीन वटै कृषि कानुन फिर्ता लिने घोषणा गरेका छन् ।

एक वर्षभन्दा बढी समय किसानले ती कानुनको विरोधमा आन्दोलन गरेपछि मोदी सरकार तीन कानुन फिर्ता लिन बाध्य भएको हो।

बिहीबार देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले साना तथा मझौला किसानको फाइदाका लागि कानुन ल्याइएको भए पनि त्यसको महत्व बुझाउन नसकेको बताए। उनले संसदको केही हप्तापछि सुरू हुने अधिवेशनमा कानुन फिर्ता लिने प्रक्रिया थालिने जानकारी दिएका छन्।

उनीहरूले राजधानी नयाँदिल्लीमा समेत आन्दोलन गरेका गरेका थिए। विपक्षी कंग्रेस आईले पनि किसान आन्दोलनमा समर्थन जनाएको थियो।

उत्तर प्रदेश र पञ्जाबमा विधान सभा चुनाव नजिकिएका बेला मोदी सरकारले अहिले तीनै कानुन फिर्ता लिने घोषणा गरेको हो।

मोदीको घोषणापछि पनि किसानहरूले आन्दोलन फिर्ता नलिने बताएका छन्।

भारतीय किसान युनियनका नेता राकेश टिकैतले संसदबाट कानुन निष्क्रिय नभएसम्म आन्दोलन जारी रहने बताएका छन्।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ