वायु प्रदुषणका कारण दिल्लीका स्कुल कलेज बन्द

वायु प्रदुषणका कारण दिल्लीका स्कुल कलेज बन्द

  • बिहिबार, मंसिर २, २०७८
  • मिर्मिरे अनलाइन

  • 9.2K
    SHARES

वायू प्रदूषणको तह गम्भीर अवस्थामा पुगेपछि भारतको राजधानी नयाँ दिल्लीका विद्यालय तथा कलेजहरू आजबाट अनिश्चित कालका लागि बन्द गरिएको छ ।

यातायात र सुरक्षा बाहेकका निर्माण कार्यलाई नोभेम्बर २१ सम्म प्रतिबन्ध लगाइएको छ । सहरमा रहेका कोइलामा आधारित ११ मध्ये पाँचवटा पावर प्लान्टलाई मात्र सञ्चालन गर्न अनुमति दिइएको छ । तिहार अर्थात दिवाली पर्वदेखि नै दिल्लीलाई विषाक्त धुवाँले ढाकेको छ ।

वायुको गुणस्तरको तह मापन गर्ने पीएम २.५ विश्व स्वास्थ्य संगठनको सुरक्षा निर्देशिकाभन्दा धेरै नै उच्च भएको छ । मंगलबार कतिपय स्थानमा वायु प्रदूषणको तह ४०० भन्दा माथि पुगेको बताइएको छ, जुन मानव स्वास्थ्यको लागि गम्भीर अवस्था हो । गाडिजन्य र औद्योगिक उत्सर्जन, धुलो र मौसमको अवस्थाको मिश्रित कारणहरूले दिल्लीलाई विश्वकै सबैभन्दा प्रदूषित राजधानी बनाएको छ ।

छिमेकी राज्यहरूमा किसानले पराल जलाउने भएकाले विशेषगरी हिउँद याममा हावा विषाक्त हुने गर्छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ