युरोपेली मुलुकहरुमा फेरि लकडाउन,खानेकुरा किनमेलका लागि भन्दा अन्य काममा घरबाट बाहिर निस्कन रोक 

युरोपेली मुलुकहरुमा फेरि लकडाउन,खानेकुरा किनमेलका लागि भन्दा अन्य काममा घरबाट बाहिर निस्कन रोक 

  • सोमवार, कार्तिक २९, २०७८
  • मिर्मिरे अनलाइन

  • 5.7K
    SHARES

२९ कार्तिक, एजेन्सी । युरोपेली मुलुकहरुमा फेरी लकडाउन गर्न थालिएको छ । विश्व स्वास्थ्य संगठनले युरोप कोरोना संक्रमणको केन्द्र बन्ने चेतावनी दिएको दुई साता नवित्दै लकडाउन हुन थालेको हो ।

नेदरल्याण्डले देशब्यापी लकडाउन घोषणा गरेको भोलिपल्ट अष्ट्रियाले पनि लकडाउन घोषणा गरेको छ । तर यस पटकको लकडाउनको प्रकृति भने फरक देखिएको छ ।

नेदरल्याण्डले शैक्षिक क्षेत्र, रेष्टुराँ, होटलसहित बढी भीडभाड हुने क्षेत्रमा लकडाउन गरेको छ भने अष्ट्रियाले खोप नलगाएका मानिसहरुलाई लकडाउनमा राखेको छ । अष्ट्रियाले खोप नलगाएका मानिसहरुलाई खानेकुरा किनमेलका लागि भन्दा अन्य काममा घरबाट बाहिर निस्कनबाट रोक लगाएको छ ।

अष्ट्रियामा अहिले पनि ३५ प्रतिशत जनसंख्याले खोप लगाएको छैन । पछिल्लो एक सातामा संक्रमण दर दैनिक ८ सय बाट एक लाख पुगेपछि यस्तो कदम चालिएको त्यहाँका चान्सलर अलेक्जेण्डर स्कालेनबर्गले बताएका छन् ।

खोप नलगाएकाहरुलाई घरमै सीमित गर्दा भीडभाड पनि कम हुने र संक्रमणको जोखिम पनि कम हुने विश्वास गरिएको छ । खोप लगाए नलगाएको निक्र्यौैल गर्न ठाउँ ठाउँमा प्रहरीलाई चेकजाँच गर्ने अधिकार दिइएको छ ।

उता, जर्मनीमा पनि संक्रमण दर ह्वात्तै बढेपछि आगामी साताभित्र नयाँ मापदण्ड लागू गर्ने तयारी भईरहेको छ । नेदरल्याण्डले लकडाउन लाइट नाम दिएर गत शनिबारदेखि नै आवागमन र भेटघाटलाई साँघुरो बनाएको छ ।

अर्को युरोपेली मुलुक बेल्जियममा पनि संक्रमणको दर निकै तीब्र बनेपछि त्यहाँको सरकारले नयाँ मापदण्डको विषयमा छलफल अघि बढाएको छ । यस्तै लाट्भियामा नोभेम्बरको शुरुदेखि नै लकडाउन गरिएको छ ।

सवैभन्दा पहिले कोरोना खोप बनाएको दाबी गरेको रुसमा सवैभन्दा बढी संक्रमण बढेको छ । रुसको संक्रमणको गतिले भने स्पुतनिक खोपको प्रभावकारितामाथि पनि ब्यापक प्रश्न उब्जाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ