भारतमा प्रहरी र माओवादीबीच दोहोरो भिडन्तः कम्तीमा २६ माओवादी कार्यकर्ता मारिए

भारतमा प्रहरी र माओवादीबीच दोहोरो भिडन्तः कम्तीमा २६ माओवादी कार्यकर्ता मारिए

  • आइतवार, कार्तिक २८, २०७८
  • मिर्मिरे अनलाइन

  • 23.6K
    SHARES

२८ कार्तिक, नयाँ दिल्ली । भारतीय माओवादी र प्रहरी बीच दोहोरो भिडन्त हुँदा कम्तीमा २६ माओवादी कार्यकर्ता मारिएका छन् । भारतको गडचिरोली जिल्लास्थित मार्दीन्तोलामा भएको मुडभेटमा केन्द्रीय नेतासहित २६ कार्यकर्ता मारिएको स्थानीय सन्चारमाध्यमले जनाएका छन् ।

स्थानीय मिडियामा आइतबार प्रकाशित समाचारअनुसार पूर्वी महाराष्ट्र राज्यको कोर्चीस्थित मार्दीन्तोला जंगलमा शनिबार बिहान माओवादी र सी–६० प्रहरी कमान्डो समूहबीच दोहोरो गोलीबारी भएको थियो ।

सो गोलीबारीमा माओवादी केन्द्रीय समितिका मुख्य नेता दिपक तेल्तुम्ब्डे उर्फ जीवासहित २६ कार्यकर्ता मारिएका छन् । मुख्य नेताबाहेक अन्य कार्यकर्ताको पहिचान भने खुल्न बाँकी रहेको स्थानीय सन्चार माध्यममा खबर छ ।

शनिबार भएको घण्टौं लामो मुडभेटमा परि तीनभन्दा बढि प्रहरी जवान गम्भीर घाइते भएको अधिकारीहरुले बताएका छन् । भारतको गडचिरोली जिल्ला माओवादीको मुख्य केन्द्रको रुपमा चिनिन्छ ।

सो क्षेत्रमा करिब १० हजारभन्दा बढि माओवादी कार्यकर्ता रहेको र उनीहरु सरकारविरुद्ध लडिरहेको बताइन्छ । सन् १९६७ मा पश्चिम बंगाल राज्यस्थित नक्सालबारी गाउँबाट माओवादीको उदय भएपछि भारतमा माओवादीहरु नक्सलवादीको रुपमा चिनिन्छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ