इक्वेडरको जेलमा कैदीहरुबीच झडपः ६८ जनाको मृत्यु, स्थिति नियन्त्रणमा लिन सेना परिचालन

इक्वेडरको जेलमा कैदीहरुबीच झडपः ६८ जनाको मृत्यु, स्थिति नियन्त्रणमा लिन सेना परिचालन

  • आइतवार, कार्तिक २८, २०७८
  • मिर्मिरे अनलाइन

  • 5.3K
    SHARES

२८ कार्तिक, एजेन्सी । इक्वेडरको एउटा जेलमा कैदीहरुबीच झडप भएको छ । झडपमा कम्तिमा ६८ जनाको मृत्यु भएको छ । झडपपछि स्थितिलाई नियन्त्रणमा लिन सयौंको संख्यामा सेना परिचालन गरिएको छ ।

गत सेप्टेम्बरमा सय जनाको ज्यान गएको जेलमा फेरि झडप भएको हो । गुयाछिल शहरमा रहेको जेलमा झडप हुँदा कैदीहरुको मृत्यु भएको हो ।

झडपपछि जेलभित्र प्रवेश गरेको प्रहरीले विष्फोटक पदार्थ र बन्दुह भारी मात्रामा फेला पारेको छ । यो वर्षभित्र नै इक्वेडरका जेलमा भएको झडपमा २ सय भन्दा बढीको मृत्यु भइसकेको छ ।
जेलको एउटा ब्लकमा बस्दै आएका कैदीहरु घिस्रेर अर्को ब्लकमा छिरेर विरोधी समूहका कैदीमाथि आक्रमण गरेको प्रारम्भिक छानविनबाट पत्ता लागेको छ ।

कतिपय कैदीहरु टाउको छिनालिएको अवस्थामा फेला परेको सुरक्षाकर्मीहरुले बताएका छन् । यसै महिनाको शुरुमा पनि सोही जेलमा झडप हुँदा तीन जना कैदीको मृत्यु भएको थियो भने २५ जना घाइते भएका थिए । मेक्सिकोका माफिया समूह र तस्करहरुको प्रभाव जेलमा बढेकाले बारम्बार झडप भईरहेको इक्वेडरका अधिकारीहरुको भनाइ छ ।

तर, माफिया समूहले इक्वेडरका जेलमा मात्रै नभई ठूलो क्षेत्रमा समेत कब्जा जमाईसकेको बीबीसीले जनाएको छ । इक्वेडरमा बढेको माफिया समूहको प्रभाव घटाउन दशक भन्दा बढी लाग्ने र छिमेकी कोलम्विया, अमेरिका र युरोपेली युनियनले सहयोग गर्नुपर्ने अवस्था रहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ