प्यालेस्टाइनी राष्ट्रपतिद्वारा इजरायलले शान्ति वार्ता पुनः शुरु गर्न अस्वीकार गरेकोमा आलोचना, चिनियाँ सेनाद्वारा चीन–भारत सीमामा सैन्य सञ्चालनको तयारी

प्यालेस्टाइनी राष्ट्रपतिद्वारा इजरायलले शान्ति वार्ता पुनः शुरु गर्न अस्वीकार गरेकोमा आलोचना, चिनियाँ सेनाद्वारा चीन–भारत सीमामा सैन्य सञ्चालनको तयारी

  • बुधबार, कार्तिक २४, २०७८
  • मिर्मिरे अनलाइन

  • 8.2K
    SHARES

रमल्लाह, कार्तिक २४ ।  प्यालेस्टाइनका राष्ट्रपति महमुद अब्बासले मङ्गलबार रोकिएको मध्य पूर्व शान्ति प्रक्रियालाई पुन: शुरु गर्न अस्वीकार गरेकोमा इजरायली सरकारको आलोचना गर्नुभएको आधिकारिक प्यालेस्टिनी समाचार एजेन्सी वाफाले जनाएको छ।
अब्बासले बेस्ट बैंक शहर रामल्लाह नजिक प्यालेस्टिनी केन्द्रीय निर्वाचन आयोगको नयाँ मुख्यालयको उद्घाटन समारोहमा उक्त टिप्पणी गर्नुभएको हो।
इजरायली सरकारले मध्यपूर्वमा शान्ति प्रक्रियालाई पुन: शुरु गर्न अस्वीकार गर्दा “यसलाई फाइदा हुने छैन,” भन्दै अब्बासले, “इजरायलले प्यालेस्टिनीहरूसँग शान्ति कायम गर्न अस्वीकार गर्न नसक्ने” टिप्पणी गर्नु भएको छ ।
यसैबीच, अब्बासले संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्का प्रस्तावहरू कार्यान्वयन गर्न आह्वान गर्नुभएको छ । संयुक्त राज्य अमेरिकाको मध्यस्थतामा कैयौं चरणको वार्ता भए पनि दुवै पक्षले त्यसमा प्रगति गर्न नसकेपछि इजरायल–प्यालेस्टाइन शान्ति वार्ता प्रक्रिया सन् २०१४ देखि ठप्प छ ।

चिनियाँ सेनाद्वारा चीन–भारत सीमामा सैन्य सञ्चालनको पूर्ण तयारी

चिनियाँ सेना पिपुल्स लिवरेसन आर्मी (पिएलए)ले चीन–भारत सीमामा सैन्य सञ्चालनको पूर्ण तयारी गरेको छ। आगामी जाडो मौसममा सैन्य सञ्चालनको लागि पिएलएले सीमामा पूर्ण तयारी गरेको हो।

उच्च स्थानमा रहेको सीमामा सैन्य सञ्चालनका लागि सुविधायुक्त उपकरण र अन्य आवश्यक वस्तुसहित सेनाले पूर्ण तयारी थालेको चिनियाँ सञ्चारमाध्यमले जनाएको छ । जाडोयाममा सो क्षेत्रमा खटिएका सैनिक र अन्य अधिकारीको बसाई र कामको अवस्थामा सुधार ल्याउन पीएलएले पहिलो पटक भव्य तयारी गरेको हो। सो तयारीले कठिन हिमाली सीमा क्षेत्रमा खटिएका सैनिकको मनोबल बढ्ने, खराब मौसममा पनि सैन्य गस्ती र अन्य कार्यमा सेनालाई सहज हुने ग्लोबल टाइम्समा प्रकाशित समाचारमा जनाईएको छ ।
करिब ४ हजार ५ सय मिटर उचाईमा रहेको चीन–भारत सीमामा सेना सञ्चालनको तयारी गरिएको हो। सो क्षेत्रको तापक्रम जाडोयाममा माइनस ४० डिग्री सेल्सियसभन्दा कम हुने गर्छ।

सो क्षेत्रमा भारतीय सेनाले समेत सैन्य सञ्चालन गरिरहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ