अमेरिकामा हट्यो प्रतिबन्ध, आज रातीदेखि कोराना खोप लगाएकालाई प्रवेश अनुमति दिइने

अमेरिकामा हट्यो प्रतिबन्ध, आज रातीदेखि कोराना खोप लगाएकालाई प्रवेश अनुमति दिइने

  • सोमवार, कार्तिक २२, २०७८
  • मिर्मिरे अनलाइन

  • 5.3K
    SHARES

२२ कार्तिक, एजेन्सी । अमेरिकाले कोरोना महामारी फैलिएपछि रोकथामका लागि भन्दै बन्द गरेको प्रतिबन्ध २० महिनापछि आजदेखि हटाएको छ ।
आजरातीदेखि डबल डोज खोप लगाएका विदेशी आगन्तुकका लागि प्रवेश अनुमति दिने भएको छ ।

अमेरिकाले २० महिनादेखि लगाएको प्रवेश प्रतिबन्धबाट बेलायतसहित युरोपेली युनियन सम्वद्ध ३० देशका नागरिक प्रभावित हुदै आएका थिए । उनीहरुलाई अमेरिकामा रहेका परिवारका सदस्य भेट्न जाने अनुमति पनि दिइएको थिएन ।

अमेरिकी प्रतिबन्ध हट्ने खबरसंगै एअरलाइन्सहरुमा टिकट बुकिङको बाढी लाग्न थालेको ट्राभल एजेञ्सीहरुले बताएका छन् । कोरोना भाइरस फैलिएपछि तत्कालिन राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले शुरुमा चीनबाट जाने आगन्तुकलाई प्रतिबन्ध गरेको थियो भने विस्तारै त्यसको दायरा बढाएर युरोपेली युनियन, बेलायत, भारत, दक्षिण अफ्रिका, इरान, ब्रजिललगायतका मुलुकसम्म पु¥याईएको थियो ।

नयाँ नियम अनुसार अब अमेरिका जान चाहनेहरुले डबल डोज खोप लगाएको प्रमाण, तीन दिन भित्रको कोरोना नेगेटिभ रिपोर्ट र अमेरिका पुगेपछिको सम्पर्क नम्बर उपलब्ध गराउनु पर्ने छ । तर पर्यटकहरुले अमेरिका पुगेर क्वारेन्टिनमा बस्नु पर्नेछैन । यसैगरी क्यानडा र मेक्सिकोसंगको सिमाना पनि खुला गरिने भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ