इराकका प्रधानमन्त्री मुस्तफाको निवासमै ड्रोन हमला, प्रधानमन्त्री घाइते

इराकका प्रधानमन्त्री मुस्तफाको निवासमै ड्रोन हमला, प्रधानमन्त्री घाइते

  • आइतवार, कार्तिक २१, २०७८
  • मिर्मिरे अनलाइन

  • 8.3K
    SHARES

२१ कार्तिक, एजेन्सी । इराकी प्रधानमन्त्री मुस्तफा अल–कादिमी को निवासमा ड्रोन हमला भएको छ । प्रधानमन्त्री कादिमी भने ड्रोन हमलाबाट बच्न सफल भएका छन् । राजधानी बग्दादको ग्रीनजोनमा रहेको प्रधानमन्त्री निवासमा विष्फोटक पदार्थ बोकेको ड्रोनबाट हमला गरिएको थियो ।

प्रधानमन्त्री कादिमीको हत्या गर्ने उद्धेश्यले उक्त आक्रमण गराइएको इराकी अधिकारीहरुले बताएका छन् । ड्रोन आक्रमणबाट इराकी प्रधानमन्त्री घाइते भएको र उनलाई अस्पताल लगिएको भनिए पनि प्रधानमन्त्री कादिमी आफैले सामाजिक सञ्जालबाट आफू सुरक्षित रहेको जानकारी दिएका हुन ।

उनले इराक र इराकी जनताको हितका लागि शान्त र धैर्य बन्न पनि आग्रह गरेका छन् । थुप्रै सरकारी कार्यालयहरु र विदेशी दूतावासहरु समेत रहेको भीआपी क्षेत्रमा गराइएको हमलाको जिम्मेवारी भने कसैले पनि लिएको छैन । पछिल्ला दिनहरुमा इरानी सत्तासंग सम्बन्धित केही हतियारधारी समूहहरुले गत महिना इराकमा सम्पन्न निर्वाचनको परिणामलाई लिएर ग्रीनजोन नजिकै विरोध प्रदर्शन गर्दै आईरहेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ