सेरालियोनमा ट्यांकर विस्फोटस् ९१ को मृत्यु, १ सय भन्दा बढी घाइते

सेरालियोनमा ट्यांकर विस्फोटस् ९१ को मृत्यु, १ सय भन्दा बढी घाइते

  • शनिबार, कार्तिक २०, २०७८
  • मिर्मिरे अनलाइन

  • 14.1K
    SHARES

कार्तिक २०, सेरालियोन । सेरालियोनको राजधानी फ्रीटाउनमा तेल बोकेको ट्यांकर ठोक्किएर विस्फोट भएको छ। विस्फोटमा परि कम्तीमा ९१ जनाको मृत्यु भएको छ । अन्य १०० भन्दा धेरै घाइते भएका छन् ।
सरकारी अधिकारीहरूले मृतकको संख्या अझै बढी हुनसक्ने आकलन गरिएको छ । घाइतेहरूलाई अहिले नजिकका अस्पतालमा भर्ना गरिएको छ । कार्यवाहक स्वास्थ्यमन्त्री अमरा जम्बाइका अनुसार १०० भन्दा धेरै घाइतेलाई अस्पतालमा भर्ना गरिएको छ ।

दुर्घटना निकै डरलाग्दो भएको अधिकारीहरूले जनाएका छन् । साथै राष्ट्रपति जुलियस माडा बायोले घटनाप्रति दुख व्यक्त गर्दै आफू पीडितको साथमा रहेको प्रतिक्रिया दिएका छन् । उनले पीडित परिवारलाई जतिसक्दो सहयोग गर्ने बताए ।

ट्यांकर विस्फोटको दृश्यका तस्बिर तथा भिडियो समेत यतिबेला सामाजिक सञ्जालमा पोस्ट गरिएका छन् । यसअघि २०१९ मा पूर्वी तान्जानियामा यसैगरी ट्यांकर विस्फोट हुँदा ८५ जनाको मृत्यु भएको थियो । साथै २०१८ मा कंगोमा भएको यस्तै ट्यांकर विस्फोटमा ५० जनाको ज्यान गएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ