जापानमा रेलवे स्टेशनमा छुरा प्रहार, १७ जना घाइते

जापानमा रेलवे स्टेशनमा छुरा प्रहार, १७ जना घाइते

  • सोमवार, कार्तिक १५, २०७८
  • मिर्मिरे अनलाइन

  • 8.8K
    SHARES

१५ कार्तिक, एजेन्सी । जापानमा रेल स्टेशनमा चक्कु प्रहार भएको छ । राजधानी टोकियोस्थित भूमिगत रेलेवे स्टेशनमा अज्ञात व्यक्तिले छुरा प्रहार गर्दा १७ जना घाइते भएको बीबीसीले जनाएको छ ।

भेष बदलेर आएका ती व्यक्तिले रेलवे स्टेशनमा जथाभावी छुरा प्रहार गरेको प्रत्यक्षदर्शीले बताएका छन् । टोकियोको पश्चिममा रहेको काकुरियो स्टेशनमा घटना भएलगत्तै यात्रुहरु रेलको झ्यालबाट हाम फालेका दृष्यहरु टेलिभिजनमा प्रशारण भएका थिए ।

घटनामा संलग्न रहेको आशंकामा २० वर्षिय एक युवक पक्राउ परेको प्रहरीले जनाएको छ । चक्कु प्रहार भएलगत्तै गाडीम आगजनीसमेत भएको बताइएको छ । सो व्यक्तले नै सवारीसाधानमा आगजनी गरेको हो वा होइन भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

घटना भएलगत्तै यात्रुहरुबीच भागदौड भएका दृष्यहरु सामाजिक सञ्जालमा सार्वजनिक भएका थिए । जापानमा हिंसात्मक गतिविधिहरु कम हुने भएपनि हालैका दिनमा छुरा प्रहारका घटनाहरु बढ्दै गएको बताइएको छ ।

गत अगस्टमा टोकियोमा गुडिरहेको रेलमा छुरा प्रहार हुदा १० जना घाइते भएका थिए । सन् २०१९ मा पनि विद्यालयको बस कुरेर बसेका विद्यार्थीको समूहमा आक्रमण गर्दा २ जनाको मृत्यु र १८ जना घाइते भएका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ