फेसबुकद्वारा आफ्नो कम्पनीको नाम परिवर्तन

फेसबुकद्वारा आफ्नो कम्पनीको नाम परिवर्तन

  • शुक्रबार, कार्तिक १२, २०७८
  • मिर्मिरे अनलाइन

  • 14.7K
    SHARES

चर्चित सामाजिक सञ्जाल फेसबुकको सञ्चालक संस्था परिवर्तन भएको छ ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत मार्क जुकरवर्गले कम्पनीको नाम परिवर्तन गरेर मेटा बनाइएको बिहिबार घोषणा गर्नुभएको होे ।

कम्पनीले सामाजिक सञ्जालभन्दा बढी ‘भर्चुअल रियलिटी’जस्ता क्षेत्रमा आफुलाई विस्तार गरिरहेकाले त्यही अनुसारको नयाँ नाम राख्नु परेको उहाँले बताउनुभयो ।

“नयाँ राखिएको नामले कम्पनीको कार्यक्षेत्र विस्तारमा सजिलो हुने विश्वास लिएका छौँ,” प्रमुख कार्यकारी अधिकृत जुकरवर्गले भन्नुभयो ।

अहिलेको नामले सम्भवत आफूहरूले अहिले गरिरहेको वा भविष्यमा गर्ने सबै कामको प्रतिनिधित्व नगर्ने भएकाले नाम परिवर्तन गर्नुपरेको उहाँले स्पष्ट पार्नुभयो ।

यसअघि कम्पनीको नाम पनि फेसवकु नै थियो । फेसवुक कम्पनीमार्फत् फेसवुकसँगै इन्स्टाग्राम, ह्वाट्स एप सञ्चालित थियो ।

कम्पनीले विहिवार नै अमेरिकाको क्यालिफोर्नियास्थित मेन्लो पार्कको मुख्यालयमा नयाँ लोगो पनि सार्वजनिक गरेको छ ।

फेसवुकका एकजना पूर्व कर्मचारीले कागजातहरू सार्वजनिक गरिदिएपछि फेसबुकबारे नकारात्मक धारणा बनिरहेका बेला कम्पनीले यो नयाँ घोषणा गरेको हो ।

यसअघि सन् २०१५ मा यस्तै अर्को ठूलो प्रविधि कम्पनी गुगलले पनि आफ्नो मुख्य कम्पनीको नाम परिवर्तन गरेर अल्फाबेट बनाएको थियो ।

नयाँ नामका कारणले भविश्यमा यस कम्पनीका प्रयोगकर्ताहरूले कम्पनीका अन्य सुविधा प्रयोग गर्न फेसबुक प्रयोग गर्नु पर्ने बाध्यता हट्ने उहाँको भनाइ रहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ