नयाँ दिल्ली, ११ कात्तिक । भारतले अग्नि–५ मिसाईलको सफल परीक्षण गरेको छ । उडिसाको एपीजे अब्दुल कलाम टापुबाट सतहबाट सतहमा पुग्ने मिसाईल परीक्षण गरेको हो । मिसाईलले पाँच हजार किलोमिटर टाढासम्म मार हान्न सक्ने जनाइएको छ ।
मिसाइललाई भारतको रक्षा अनुसन्धान तथा विकास संगठन ९डीआरडीओ० ले बिकिसत गरेको थियो । अन्तरमहादेशीय व्यालेष्टिक मिसाईल ९आईसीबीएम० आणविक क्षमता रहेको सो मिसाइलले अत्याधुनिक आणविक हतियार बोक्न सक्ने जनाइएको छ ।
जुनमा भारतले अग्नि प्राइम मिसाइल परीक्षण गरेको थियो । आणविक क्षमतायुक्त सो मिसाइलले २ हजार किलोमिटर टाढासम्म मार हान्न सक्ने जनाइएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline