जलवायु परिवर्तनले भू-राजनीतिक तनाव बढ्ने अमेरिकी खुफिया एजेन्सीको चेतावनी

जलवायु परिवर्तनले भू-राजनीतिक तनाव बढ्ने अमेरिकी खुफिया एजेन्सीको चेतावनी

  • शुक्रबार, कार्तिक ५, २०७८
  • मिर्मिरे अनलाइन

  • 5.5K
    SHARES

एजेन्सी, ५ कात्तिक । अमेरिकी खुफिया एजेन्सी अफिस अफ नेसनल इन्टेलिजेन्स एजेन्सीले ११ मुलुक जलवायु परिवर्तनको सबैभन्दा बढी मारमा पर्ने चेतावनी दिएको छ ।

भारत, पाकिस्तान, अफगानिस्तान, म्यान्मार, इराक़, उत्तर कोरिया, ग्वाटेमाला, हैटी, होन्डरस, निकारागुआ र कोलम्बियालाई जलवायु परिवर्तनको असरको ‘चिन्ताजनक’ देशको सूचीमा राखिएको समाचार एजेन्सी रोयटर्सले उल्लेख गरेको छ ।

यी मुलुकले जलवायु परिवर्तनको दुष्प्रभावसँग लड्न निकै सामना गर्नुपर्नेछ । तर यी देशले जलवायु परिवर्तनको असरसँग लड्न कुनै तयारी नगरेको दाबी पनि खुफिया एजेन्सीले गरेको छ ।

जलवायु परिवर्तनका कारण भू(राजनीतिक तनाव पनि बढ्ने चेतावनी दिइएको छ । बढ्दो तापमान, पानीको अनुपलब्धता र अप्रभावी सरकारका कारण अफगानिस्तानको स्थिति झनैं चिन्ताजनक रहेको भनिएको छ । दक्षिण एसियाली मुलुकमा पानीलाई लिएर विवाद हुने र यो ‘भूराजनीतिक’ तनावको मुख्य कारण बन्ने औँल्याइएको छ ।

जलवायु परिवर्तनका कारण मध्य अफ्रिकी र प्रशान्त क्षेत्रका साना मुलुकमा अस्थिरताको खतरा बढ्ने र जसको असर विश्वका विपन्न जनसंख्यामा पर्ने खुफिया एजेन्सीले उल्लेख गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ