अमेरिकाले रोक्का गरेको अफगान केन्द्रीय बैंकको ९ अर्ब डलर तालिवानलाई नदिने

अमेरिकाले रोक्का गरेको अफगान केन्द्रीय बैंकको ९ अर्ब डलर तालिवानलाई नदिने

  • बुधबार, कार्तिक ३, २०७८
  • मिर्मिरे अनलाइन

  • 4.4K
    SHARES

न्युयोर्क, ३ कात्तिक । अमेरिकाले अफगानिस्तानको केन्द्रीय बैंकको रोक्का गरेको रकम तत्काल फुुकुवा नगर्ने संकेत देखाएको छ । खजना तथा भण्डारणसम्बन्धी अमेरिकी सहायकमन्त्री वाली एडीएमोले अमेरिकामा रोक्का भएको अफगानिस्तानको केन्द्रीय बैंकको रकममा तालिवानलाई पहुँच दिने बारेमा सरकारले तत्काल केही नसोचेको बताएका हुन् ।

‘तालिवानबिरुद्ध अमेरिकी प्रतिबन्ध अहिले पनि अपरिहार्य देखिन्छ । तर, अफगानी जनतालाई मानवीय सहयोगको पनि खाँचो छ । त्यसो भन्दैमा अमेरिकाले रोक्का गरेको रकम तत्काल फुकुवा हुँदैन्, ’ मन्त्री एडीएमोले भने ।

देशबाहिर रहेको अफगानिस्तान केन्द्रीय बैंंकको ९ अर्ब डलरभन्दा बढी रकममा अमेरिकाले लगाएको रोक्का फुकुवा गर्न तालिवानले अमेरिकी सरकारसँग अनुरोध गर्दै आएको छ । देशमा आर्थिक संकट निम्तिएको भन्दै रोक्का गरिएको रकम तत्काल फुकुवा गर्न तालिवानले अनुरोध गरेको हो ।

अमेरिकी गठबन्धन सेना २० वर्षपछि काबुलबाट फर्किने निर्णय गरेसँगै तालिवानले १५ अगस्टमा अफगान सत्ता कब्जा गरेको थियो । अफगानिस्तानमा मानवीय संकट चुलिइरहेका बेला अफगान बैंकको रकम फुकुवा गर्न अमेरिकामाथि अन्तर्राष्ट्रिय समुदायको दबाब बढेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ