अमेरीकामा नेपालीको हत्या हुने क्रम बढ्दो, फेरी मारिए एक व्यवशायी

अमेरीकामा नेपालीको हत्या हुने क्रम बढ्दो, फेरी मारिए एक व्यवशायी

  • बुधबार, कार्तिक ३, २०७८
  • मिर्मिरे अनलाइन

  • 12.2K
    SHARES

काठमाडौं । अमेरिकाको बोस्टन शहरमा एक नेपाली व्यवसायीको गोली हानी हत्या गरिएको छ । बोस्टन शहर नजिक आफ्नै व्यवसाय गरेर बसेका नेपाली लालकिशोर महासेठको गोली हानी हत्या गरिएको हो ।

बोस्टन शहरबाट केही किलोमिटर टाढा फल रिभर सिटी, रक स्ट्रीटमा ‘स्टप एन्ड सेभ’ नामकोे खुद्रा पसल सञ्चालन गर्दै आएका उनको पसलमै गोली हानी हत्या गरिएको बताइएको छ ।

गोली हान्ने व्यक्ति फरार रहेकाले खोजी कार्य जारी रहेको छ । ५४ वर्षिय महासेठको घर जनकपुर रहेको उनी मधेसी एसोसिएसन इन अमेरिकाका पूर्वअध्यक्ष समेत रहेको बताइएको छ ।
पछिल्लो समय अमेरीकामा नेपाली सहित एशियाली मुलका नागरिकहरुमाथि हत्या हिंशा बढ्दै गएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी