उत्तर कोरियाद्वारा जापानको समुद्री क्षेत्रमा अर्को क्षेप्यास्त्र

उत्तर कोरियाद्वारा जापानको समुद्री क्षेत्रमा अर्को क्षेप्यास्त्र

  • मङ्लबार, कार्तिक २, २०७८
  • मिर्मिरे अनलाइन

  • 8.4K
    SHARES

एजेन्सी ।
२ कातिक ।
पछिल्लो समयमा उत्तर कोरियाले निरन्तर रूपमा क्षेप्यास्त्र प्रहार गरिरहेको छ । यसैक्रममा उत्तर कोरियाले मंगलबार बिहानै अर्को क्षेप्यास्त्र प्रहार गरेको छ। उक्त क्षेप्यास्त्र जापानको समुद्री क्षेत्रमा खसेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

पछिल्लो समयमा उत्तर कोरियाले निरन्तर रूपमा क्षेप्यास्त्र प्रहार गरेको विषयमा छलफल गर्न जापान, अमेरिका र दक्षिण कोरियाका गुप्तचर प्रमुखहरूको बैठक भइरहेका बेला सो क्षेप्यास्त्र प्रहार गरेको हो।

संयुक्त राष्ट्रसंघले लगाएको कडा नाकाबन्दीका बाबजुद उत्तर कोरियाले पछिल्लो समयमा क्षेप्यास्त्र तीव्र रूपमा प्रहार गरिरहेको छ। जसको अन्तर्राष्ट्रिय समुदायले कडा निन्दा गर्दै आइरहेको छ।

यसअघि उत्तर कोरियाले अत्याधुनिक हाइपरसोनिक मिसाइल प्रहार गरेको थियो।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ