चीनले पहिलो पटक गर्यो परमाणु क्षमताको क्षेप्यास्त्र परीक्षण

चीनले पहिलो पटक गर्यो परमाणु क्षमताको क्षेप्यास्त्र परीक्षण

  • आइतवार, अशोज ३१, २०७८
  • मिर्मिरे अनलाइन

  • 5.9K
    SHARES

एजेन्सी, ३१ असोज । चीनले पहिलो पटक परमाणु क्षमताको हाइपरसोनिक क्षेप्यास्त्र परीक्षण गरेको छ।
शनिबार प्रकाशित एक रिपोर्टमा चीनले पहिलो पटक सो क्षेप्यास्त्र परीक्षण गरेको बेलायती अखबार फाइनान्सियल टाइम्सले खुलाएको छ।

सो अखबारको रिपोर्टअनुसार चीनले परमाणु क्षमताको क्षेप्यास्त्र गएको अगष्टमा परीक्षण गरेको थियो। जुन आफ्नो लक्ष्यमा पुग्नुअघि पृथ्वीको तल्लो कक्ष वरिपरी घुमेको थियो।

चीनले अत्याधुनिक र महत्वकांक्षी मानेको सो परियोजना लक्ष्यमा नपुग्दै असफल भएको स्रोतले जनाएको छ। चीनले पहिलो पटक गरेको सो परीक्षणप्रति अमेरिकी गुप्तचर संस्था हैरान बनेको बताइएको छ।

चीनले हाइपरसोनिक क्षेप्यास्त्रमा अत्याधुनिक प्रविधि प्रयोग गर्ने कदम चालेको थियो। रुस र अमेरिकाले समेत अत्याधुनिक प्रविधि र परमाणु क्षमतावान् क्षेप्यास्त्र निर्माणमा प्रयास गरिरहेका छन्।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ