लेबनानमा न्यायाधीशविरुद्धको प्रदर्शनमा गोली चल्दा ६ जनाको मृत्यु, दजनौं घाइते

लेबनानमा न्यायाधीशविरुद्धको प्रदर्शनमा गोली चल्दा ६ जनाको मृत्यु, दजनौं घाइते

  • शुक्रबार, अशोज २९, २०७८
  • मिर्मिरे अनलाइन

  • 4.4K
    SHARES

बेरुत, २९ असोज। लेबनानको राजधानी बेरुतमा न्यायाधीशविरुद्धको प्रदर्शनमा गोली हानाहान हुँदा कम्तिमा ७ जनाको मृत्यु भएको छ । शिया मुस्लिम समूह हेजबोल्लाह र आमलले न्यायाधीशविरुद्ध गरेको प्रदर्शनमा गोली चल्दा ४० जना घाइते भएका छन् ।

ती न्यायाधीशले गत वर्ष तटीय सहरमा २१९ जनाको मृत्यु हुने गरी भएको विस्फोटबारे भइरहेको अनुसन्धानलाई अगाडि बढाइरहेका छन् ।

शुक्रबारको प्रदर्शनमा लेबनिज फोर्सेस (एलएफ) समर्थक क्रिश्चियन बन्दुकधारीले गोली चलाएको हेजबोल्लाह र आमलले आरोप लगाएका छन् । तर, एलएफले सो आरोप अस्वीकार गरेको छ ।

अदालत परिसरबाहिर सयौँ हेजबोल्लाह समर्थकले न्यायाधीश तारेक बितारलाई हटाउन माग गर्दै प्रदर्शन गरेका थिए । अनुसन्धानमा राजनीतिक गन्ध मिसिएको उनीहरुको दाबी थियो ।

स्वचालित राइफल सहितका हतियारधारीले प्रदर्शनकारीलाई अन्धाधुन्दा गोली चलाएका थिए । गोलीको आवाज चलेपछि स्थानीय व्यक्ति घरबाट भागेका थिए ।

घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ