पाकिस्तानी परमाणु बमका पिताको निधन

पाकिस्तानी परमाणु बमका पिताको निधन

  • आइतवार, अशोज २४, २०७८
  • मिर्मिरे अनलाइन

  • 9.5K
    SHARES

पाकिस्तानको परमाणु बमका पिता भनेर चिनिने एक विवादास्पद व्यक्ति अब्दुल कादिर खानको निधन भएको छ । लामो समयदेखि कोभिड(१९ बाट बिरामी परेका ८५ वर्षीय खानको उपचारका क्रममा आइतबार निधन भएको हो ।
सन् १९७० को दशको शुरवात्मा पाकिस्तानलाई परमाणु हतियारयुक्त देश बनाउँने दिशातर्फ डोर्याउँन उनको महत्त्वपूर्ण भूमिका रहेको छ। पाकिस्तानका आन्तरिक मामिला मन्त्री शेख रशीद अहमदले राजधानी इस्लामावादको एक अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको बताएका छन् । उनीप्रति अन्तिम श्रद्धाञ्जलि अर्पण गर्न हजारौँको सङ्ख्यामा सर्वसाधारण जनताको उपस्थिति रहेको स्थानीय सञ्चार माध्यमले जनाएका छन् । राजकीय सम्मानसाथ उनको अन्तिम विदाइ गरिएको छ । साथै उनको निधनको शोकमा राष्ट्रिय झण्डा आधा झुकाइएको, स्थानीय प्रशासनले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ